सन्धिखर्कमा प्लास्टिकका माला बिक्री वितरण गर्न रोक

सागर महत,असोज २४अर्घाखाँची।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले तिहार लक्षीत प्लास्टिकका माला र पटका बिक्रीवितरण गर्न रोक लगाउने निर्णय गरेको छ। प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।यो अभियानले स्थानीय किसानले उत्पादन गरेका फुलमालाई बजारीकरण गर्न पोत्साहान मिल्ने उहाँको भनाई छ ।
यो नियम बिहिबार देखि लागु भएको छ । ।प्लास्टिकका माला बिक्रीवितरण गर्ने, पटका तथा पटका जन्य पदार्थ बिक्री गर्ने तथा पड्काउने गरेको खण्डमा कानुन अनुसार कारबाही गरिने निर्णय भएको नगरपालिकाका राजेश्व शाखा प्रमुख मुक्ति खनालले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस !