नेपाल युनिटी कप टी–२० शृङ्खलामा विजयी

काठमाण्डौ ,असोज १४ । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा विजयी भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको अन्तरले पराजित गर्दै यो शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो ।

गएरातिको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो । नेपालको जितमा आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। नियमित बलर नन्दन यादव घाइते भएपछि नेपालले आदिललाई दोस्रो खेलमा मौका दिएको थियो।

प्रतिबन्धपछि पूनरागमन पहिलो खेलमै आदिलले उत्कृष्ट बलिङ गरेका हुन्। कुशल भुर्तेलले १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close