नेपाल नेत्रज्योति संघबाट बार्षिक ३५ लाख आँखाका बिरामीको उपचार

सागर महत भदौ ०६ अर्घाखाँची ।
नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्यानन संस्थानको आयोजनामा सहि शाखामा आबद्ध शाखाहरुको सहभागीमा गत आर्थिक वर्ष २०८१/८२को बार्षिक समिक्षा तथा यो आर्थिक वर्षको कार्य योजना तर्जुमा कार्यक्रम अर्घाखाँचीको नरपानी रिसोर्टमा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले जिल्लामा आर्थिक अवस्था कमजोर भएकै कारण आँखाको उपचारबाट बन्चित हुन नदिन ६वटै पालिकामा समन्वय गरि अभियान चलाउने बताउनुभयो।

अर्घाखाँचीमा अघिल्लो आर्थिक वर्षमा१६हजार ७सय७८जनाको आँखाको उपचार भएको छ।जसमा ५सय ४३जनाको शल्यक्रिया भएको नेपाल नेत्रज्योतिसंघ आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरेले जानकारी दिनुभयो।यस्तै ८३जनामा मधुमेह पुष्टि भएको छ ।यस्तै ६हजार विद्यार्थीको विद्यालयमा गएर उपचार गरिएको घिमिरेले बताउनुभयो ।

नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द्रले नेपालमा बार्षिक आँखाको समस्या भएका ३५लाख बिरामीको सेवामा संघले काम गर्दै आएको बताउनुभयो।संघले बार्षिक ४ लाख बढीको शल्यक्रिया गर्दै आएको छ ।नेपालमा आँखाको क्षेत्रमा दोस्रो स्थानबाट बिरामीको सेवा दिएको समेत दाबी गर्नुभयो ।सन्धिखर्क नगरपालिकाले आँखाको बिरामी भै उपचार गर्न नसक्ने नागरिकलाई निःशुल्क सेवा प्रदान गर्ने नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो। आर्थिक अवस्थाबाट नगरका नागरिक बन्चीत नहुन भनेर यस्तो आग्रह गरेको श्रेष्ठको भनाई छ ।

नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्यानन संस्थान भैरहवा मात्र गत आर्थिक बर्षमा ३लाख ३०हजार ५३ जना आँखाको समस्या भएका बिरामीले सेवा लिएको छ्न।यहाँ पछिल्लो समय छिमेकी राष्ट्र भारतका बिरामी आउने गरेको संघका व्यवस्थापक प्रकाश रायमाझीले जानकारी दिनुभयो।जहाँ १बर्षमा ३९हजार ३सय ६७जना आँखाको शल्यक्रिया गरिएको छ।


नेपाल नेत्रज्योतिसंघ अर्घाखाँचीका अध्यक्ष दलबहादुर केसीले अर्घाखाँची जिल्लामा सबै निकाय संग समन्वय गरेर आँखाका बिरामीको उपचार हुँदै आएको बताउनुभयो ।कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख छविलाल पौडे्ल,भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा,पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने,छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो।कार्यक्रम नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका सभापति सागर प्रदाप राणाको अध्यक्षता प्रदेश सचिव राजेन्द्र पन्थीको संचालनमा सम्पन्न भएको नेपाल नेत्रज्योतिसंघ अर्घाखाँचीका सचिव उमेश घिमिरेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close