अर्घाखाँची पहिरोमा दुर्घटनामा परेकाको उद्वार सम्बन्धी डेमो प्रर्दन

सागर महत,साउन ३०अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा पहिरोमा परि दुर्घटना भएको बसको डेमो प्रदर्शन गरिएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ६ को दहखोलामा प्रर्दन गरिएको डेमोमा पहिरोमा परि दुर्घटना बसमा सवार यात्रुको उद्वार सम्बन्धी डेमो प्रर्दशन गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले जानकारी दिनुभयो ।
सुरक्षाकर्मीहरुद्वारा घाइतेको उद्वार र अस्पतालसम्म पु¥याउने तरिका,प्राथामिक उपचार,रेडक्रसको समन्वय लगायतका विषयमा कार्यक्रम आयोजना गरिएको हो ।प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ ।वीरभद्र जंग गुल्म अर्घाखाँचीको समन्वय रहेको कार्यक्रममा ,जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीले पनि समन्वय गरेका थिए ।
पहिरोको जोखिम क्षेत्रमा नै डेमो प्रर्दन गरिएको हो ।स्थानीयतहमा पनि विपदजन्य कार्यक्रम संचालन गर्न जरुरी रहेको सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनुभयो।
यस्तै यस्ता कार्यक्रमले कमीकमजोरी सुधारन मौका मिल्ने वीरभद्र जंग गुल्म अर्घाखाँचीका सेनानी रिक्की पाण्डेको भनाई छ ।रियल दुर्घटनामा पनि सबै निकायको साथ पाएमा उद्वार गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले बताउनुभयो ।विपद उद्वारका सामग्रीको कमी छ ।यसलाई सुधार गरियो भने उद्वारमा पनि थप टेवा पुग्ने सशस्त्रका प्रमुख योगराज दाहालको भनाइ छ।
नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराई ,जिल्ला अस्पतालका प्रतिनिधि कृष्ण मुखिया, नेपाल पत्रकार महासघंका उपाध्यक्ष रुद्रमणि भुसाल रेडक्रस, सोसाइटीका प्रतिनिधि ठाकुर अधिकारी , राष्ट्रिय अनुसन्धान प्रतिनिधि, सन्धिखर्क स्वास्थ्य शाखा प्रतिनिधि स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सहसेनानी गुन बहादुर रानाको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !