स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा विश्व स्तनपानको अवसरमा जनचेतनामूलक कार्यक्रम संचालन

सन्धिखर्क ,साउन १६ ।विश्व स्तनपान सप्ताह २०२५ को अवसरमा स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।जसअन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर ७को खाँचीकोट स्वास्थ्य चौकीमा जनचेतनामूलक कार्यक्रमहरूसहित स्तनपानको महत्वबारे जागरूकता फैलाउने उदेश्यले कार्यक्रम संचालन गरिएको कार्यालयले जनाएको छ ।
शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध ख्वाउन सुरु गर्नु नै प्रारम्भिक स्तनपान हो । साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने आमाको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउन भुमिका खेल्ने कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु नै पूर्ण स्तनपान हो।६ महिना पुराभएपछि पुरक खाना खुवाउ र बच्चालाई कम्तीमा २वर्ष सम्म स्तनपान गराउन सुझाव दिएको छ ।स्तनपानले महिलाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुनबाट जोगाउने कार्यालय प्रमुख पोखरेललको भनाई छ ।विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरे अनुसार नेपालमा पनि सोहि अनुसार मनाउने गरिन्छ ।


यस्तै कार्यक्रमहरूमा आमाहरूलाई स्तनपानको फाइदा, शिशु स्वास्थ्यमा यसको भूमिका, र कार्यस्थलमा स्तनपानमैत्री वातावरण कसरी बनाउने भन्नेबारे जानकारी गराएको हो ।साथै यो अभियान सफल पार्न सबैमा अनुरोध समेत गरिएको छ । अर्घाखाँची अस्पतालकी नर्सिङ अधिकृत सुनिता आचार्यले पनि सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा,स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वस्थ्य निरिक्षक गणेशराज पौडे्ल ,सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रकाश परियार लगायतको अतिथ्यता रहेको कार्यक्रम खाचिकोट स्वास्थ्य चौकीका सुचना अधिकारी प्रेम बिक को सन्चालनमा सम्पन्न भएको हो ।कार्यक्रममा स्वास्थ्यक्रमी,महिला स्वंयसेवीका ,नवजात शिशुका आमा र स्थानीयको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close