अर्घाखाँचीमा विपद् व्यवस्थापनको बैठक सम्पन्न,मन्सुन परिवर्तनसंगै लाग्ने रोग नियन्त्रण देखि जगंली जनावर व्यवस्थापनमा समिक्षा

सागर महत,चैत्र ०९अर्घाखाँची ।
अर्घाखाँचीमा जिल्लामा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका बैठक सम्पन्न भएको छ ।बैठकले विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०८२लाई परिमार्जन सहित पारित गर्ने नियन्त्रण गरेको छ ।यस्तै मन्सुन परिवर्तनसंगै डेगु,स्क्रब टाइफाईट,पानी जन्य रोग झाडापखला लगायतका रोगहरुको नियन्त्रणको पुर्व तयारी अनुसार औषधी स्वास्थ्य कार्यालय र अर्घाखाँची अस्पताल तथा सबै स्थानीयतहरुको समन्वयमा औषधी स्टक राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिनुभयो ।


बाँदर, बँदेल लगायतका जगंली जनावरबाट किसानको मकै लगायतका बाली क्षति न्युनिकरण कृषि मन्त्रालय तथा नेपाल सरकारलाई आग्रह गर्ने र अभियान संचालन गर्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।स्थानीयस्तरबाट हुने उपायका बारेमा सहकार्य गर्ने,सबै स्थानीय तहमा विपदपुर्ण तयारी प्रतिकार्य योजना बनाउने र आवश्यक बजेट विनियोजन गर्ने र विपद्को घटना हुनासाथ श्रोत परिचालन गर्ने निर्णय पनि गरिएको छ ।

यता पहिरोको जोखिम न्युनिकरण गर्न कम्तीमा ५सय जाली स्टक राख्न जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले आग्रह गर्नुभयो ।यस्तै किसानको बाली संरक्षण गर्न भरुवा बन्दुक चलाउन आदेश दिन आग्रह गर्नुभयो ।सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बाँदरलाई विस्थापन गर्न सल्लो प्रजातीका रुख हटाउन सुझाव दिनुभयो ।
विपद व्यवस्थापनको मापदण्ड आवश्यक अनुसार नहुँदा शितगंगा नगरपालिकामा विपदबाट क्षति भएका घर,विद्यालय लगायतका क्षेत्रले राहत प्राप्त गर्न अप्ठारो भएको नगरप्रमुख छविलाल पौडे्लले बताउनुभयो ।पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बँदेल विस्थापन गर्न आग्रह गर्नुभयो ।मदन भण्डारी राजमार्ग अन्तर्गत मालारानी गाउँपालिका वडा नम्बर ६ रतनमारेमा सडक पहिरो गएकाले तत्काल जालीको व्यवस्थापन गर्न मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले आग्रह गर्नुभयो ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा,छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ,अर्घाखाँची स्थीत राजनितिक दलका प्रतिनिधि, कार्यालयका प्रतिनिधि,सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।कार्यक्रम जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकिय अधिकृत नुमलाल पन्थीको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close