अर्घाखाँचीको शितगंगाबाट बरुवा बन्दुक सहित १ जना पक्राउ

सागर महत ,असार ३०अर्घाखाँची ।
अर्घाखाँचीमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १का हिम बहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।


आफ्नै घरको कोठामा बरुवा बन्दुक तथा खरखजना लुकाई राखेको गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो।


पक्राउ परेका सारुको साथबाट १नाले भरुवा बन्दुक,फलामको छर्रा १७वटा,केप १९वटा ,सिसाको छर्रा २वटा ,सिसाको बोतलको बारुद १,सानो साईजको पटका २ वटा र टिनको बट्टाको काटी बनाईका स —साना टुक्रा १८ वटा बरामत गरिएको प्रहरी नायव उपरिक्षक मल्लको भनाई छ ।पक्राउ परेका सारु माथी प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close