अर्घाखाँचीमा रासायनिक मलको चरम अभाव,कृषकलाई मलको चिन्ता

सागर महत ,असार १२,अर्घाखाँची ।
अर्घाखाँचीमा खेतबारीमा लगाइएका धान र मकैबालीमा रासायनिक मल राख्न नपाउँदा किसानहरू मर्कामा परेका छन् । मकै, धान तथा तरकारी बालीमा युरियालगायत मल राख्न नपाउँदा किसानहरू निकै चिन्तित भएका हुन ।

जिल्लामा सरोकारवाला निकायले सहकारीले बाहेक मल बेच्न नपाईने भनेर सिन्डीकेट लगाएपछि मलको चरम अभाव भएको किसानको भनाई छ । यस अघि अन्य व्यापारीले पनि मल बिक्री गर्नले मल अभाव भएको थिइन ।

अधिकांश स्थानमा यतिखेर खेतमा रोपिएका मकै, तरकारी र धानमा रासायनिक मल राख्ने वेला भएको छ । तर, किसानहरूले पाउन सकेका छैनन् ।
१सय केजी मल आवश्यक पर्ने किसानले केहीले पहुँचको आधारमा मात्र १० केजी मल पाउने पनि मुस्कील भएको स्थानीय कृषक दिपेश रसाईलीको भनाई छ ।मकैका लागि मल राख्ने सिजन बित्न लागिसक्यो  मल राख्न नपाउदा उत्पादन घट्ने किसानको चिन्ता छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close