अर्घाखाँचीमा सार्वजनिक यातयात बचाउ संयुक्त आन्दोलन समिति घोषणा ,माग पुरा नभएसम्म आन्दोलन कायम रहने

सन्धिखर्क ,जेठ१९ । सार्वजनिक यातयात बचाउ संयुक्त आन्दोलन परिचालन समिति, अर्घाखाँचीले पत्रकार सम्मेलन गरेर यातायात व्यवसायीका मागहरु सम्बोधन नगरेमा देशव्यापी अनिश्चितकालिन बन्दलाई यथावत राख्ने बताएका छन् ।
देउराली यातायात अर्घाखाँची प्रा.लि., पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.अर्घा भगवती प्रा.लि.,ट्याक्सी व्यवसायी प्रा.लि.र लंका यातायात प्रा.लि.ले शान्तिपुर्ण आन्दोलन गर्ने भएका छ्न। कालो नम्बर प्लेटका सवारीसाधनले मात्रै यात्रू बोक्न पाउने र रातो नम्बर प्लेटकाले बोक्न नपाउने जिकिर रहेको छ ।सवारी साधन घर,ग्यारेजमा थन्क्याई आन्दोलन गर्नको लागि देउराली यातायात अर्घाखाँची प्रा.लि.का अध्यक्ष गोबिन्द बन्जाडेको संयोजकमा ११सदस्यीय आन्दोलन समिती गठन गरेर आन्दोलनका अगाडि बढाउने निर्णय गरिएको छ । संयोजक बन्जाडेको भनाइ छ।
सार्वजानिक यातायात क्षेत्र बचाउनका लागि भन्दै विभिन्न ७ बुदे माग राख्दै यातायात व्यवसायीहरु आन्दोलित भएका हुन ।
शान्तिपुर्ण आन्दोलन गर्न संयुक्त हस्ताक्षरित विज्ञप्ति र पत्रकार सम्मेलन मार्फत आन्दोलनका बारेमा जानकारी गराएको छ।
कार्यक्रम देउराली यातयातका प्रा.लि .का महासचिव प्रेम पाण्डेको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !