अर्घाखाँचीमा सामान खरिद गरि क्युआरबाट रकम भुक्तानी गर्छु भनी फरार रहेका व्यक्ती पक्राउ

सन्धिखर्क,जेठ १६ ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पसलबाट सामान खरिद गरि क्युआरबाट रकम भुक्तानी गर्छु भनेर भुक्तानी नगर्ने व्यक्तीलाई पक्राउ गरेको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ स्थित घिमिरे किराना पसलबाट ३७ हजार ७ सय बराबरको सामान खरिद गरेर पैसा मोवाइलबाट क्युआर मार्फत दिन्छु भने सामान लगेको र पछि सम्पर्कमा नआएपछि मालारानी गाउँपालिका वडा नम्बर ४का सुभास पोख्रेललाई प्रहरीले उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

५० किलो को २ बोरा चिनी, भरेका ग्यास सिलिन्टर ५ थान, तेज तेल ४ पेटी लगेका थिए।यस्तै उक्त पसलबाट १२ बोरा चामल समेत तयार गरिदिन भनी हिंडेकोमा रकम नपठाइ फरार रहेकोमा उक्त पसलका संचालकले तत्काल प्रहरीमा सम्पर्क गरेकोमा निज सुभास पोख्रेललाई खोजतलास गर्दा मालारानी गाउँपालिका वडा नम्बर ४ खन लुटिपोखरीमा फेला पारी नियन्त्रणमा लिएको हो ।

निजले चलाउदै गरेकोसवारी जीपमा २ बोरा चिनी फेला पारी थप अनुसन्धान गर्दै जाँदा निजले विभीन्न मितिमा यस्तै प्रकारका ठगी गरी पैसा तिर्नुपर्ने ठाउँमा पक्राउबाट बच्न पैसाको साटो अर्को ठाउँबाट ठगी गरी लिई गएका सामानहरु लगि दिनेगरेको खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।प्रहरीले भरेका ग्यास सिलिन्टर १० थान
५० किलो को चिनीको बोरा ८, तेज तेल ९ पेटी बरामद गरेको उहाँको भनाइ छ।

यस्तै पछी खानतलासी गर्दा सन्धिखर्क का विभीन्न स्थानबाट बरामद भएको हुँदा क्युआर मार्फत भूक्तानी दिने बाहनामा सामान लिई ठगि गर्दै आईरहेको पाइएको सुचना अधिकारी जगन्नाथ मरासीनकिो भनाइ छ । अर्घाखाँची जिल्ला अदालतबाट ठगी सन्बन्धी कसुर मुद्दामा दिन ५ दिनको थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close