अर्घाखाँचीमा सामुदायिक वनमा मल उत्पादन गर्न पातपतिङ्गगर संकलन गर्न सुरु

सागर महत जेठ १३,अर्घाखाँची।अर्घाखाँचीका ५ वटा सामुदायिक वनले वनमा खेर गएको पातपतिङ्गरबाट मल उत्पादन गर्न पातपतिङ्गगर संकलन गर्न सुरु गरेका छन ।पछिल्लो समयमा कृषिबालीमा जथाभावी रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको गुणस्तर बिग्रदै गएको प्राङ्गारिक मल उत्पादनमा टेवा पुगोस भन्ने उदेश्यले यो अभियान संचालन गरिएको जनाएको छ ।
जसअन्तर्गत शितगंगा नगरपालिकामा रहेका बुद्ध सामुदायिक वन, बाणगंगा सामुदायिक वन चारपोखरी सामुदायिक वन ,देउराली सामुदायिक वन र पावरा सामुदायिक वन रहेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशव खड्काले जानकारी दिनुभयो ।
पावरा सामुदायिक वनमा पातलाई धुलो बनाउने मेसिन राखिने छ ।यस्तै प्रति समुहलाई डिभिजन कार्यालय अर्घाखाँचीले मेसिन खरिद गर्न ८०हजारका दरले अनुदान रकम समेत प्रदान गरेको उहाँको भनाइ छ । वन समुहले उत्पादन गरेको मलको मुल्य सस्तो हुने छ ।यसबाट केहिलाई रोजगारी समेत प्राप्त हुने जनाएको छ ।
कमेन्ट गर्नुहोस !