नरपानीमा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर

प्रेमनारायण आचार्य, सन्धिखर्क४ जेठ । अर्घाखाँचीको सन्धिखर्क ६ नरपानीमा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।अर्घाखाँची नरपानी रुपन्देही सम्पर्क समाजको आयोजनामा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, विशेषज्ञ सेवा, महिला तथा प्रसुति, मुटु रोग, तथा विभिन्न रोगको उपचार हुनेछ ।

 

निशुल्क रुपमा इसिजि, भिडियो एक्सरे, एक्सरे, सुगर तथा प्रेसर जाँच सहित निशुल्क औषधि वितरण गरिने समाजका अध्यक्ष गोविन्द प्रसाद लम्सालले बताउनुभयो ।

साझा हस्पिटल प्रालि बुटवलको प्राविधिक सहयोग र साना किसान सहकारी सस्था लिमिटेडको सहआयोजनामा सञ्चालन भएको शिविरको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्बाटन गर्नु भएको थियो ।

 


सवास्थ्यनै प्रमुख सम्पत्ति भएकोले विशेषज्ञ सेवा सहितको शिविरमा उपचार गरेर फाइदा लिन सबैलाई आग्रह गर्नुभयो । साझा अस्पतालका अध्यक्ष गोविन्द खनालले शिविरमा बरिस्ठ विशेषज्ञ डाक्टहरुले उपचार गर्ने बताउदै सेवानै धर्म भएकोले नरपानी सम्पर्क समाजको यो सहयोगी कार्यमा हातेमालो गरेको बताउनुभयो ।


शिविरमा बरिस्ठ चिकित्सकहरु हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. लक्ष्मण शर्मा, फिजिसियन डा. कृष्ण खनाल, महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर उमेश जैसवाल, नसा तथा मनोरोग विशेषज्ञ डा। अन्जिल क्षेत्री , रेडियोलोजिस्ट कुन्दन मरासिनी, साथै मेडिकल अधिकृत डा. जीवन थापा, डा.हिमाल पन्थी र क्यान्सर परिक्षण तर्फ विष्णु गुरुंग लगायतको स्वास्थ्यकर्मी र दक्ष फार्मासिस्ट हरु द्वारा गुणस्तरीय निस्शुल्क औषधि पनि बितरण गरिएको कार्यक्रम संयोजक महेश न्यौपानेले बताएका छन् ।

 


शिविरको उद्घाटन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, साझा हस्पिटलका अध्यक्ष गोविन्द खनाल, बरिस्ठ डाक्टर लक्ष्मण शर्मा, वडा अध्यक्ष श्रीधर महत्रा, निवर्तमान अध्यक्ष कृष्णबहादुर आचार्य, समाजका उपाध्यक्ष शालिकराम रायमाझी लगायतले मन्तव्य राखेका थिए ।

शिविरमा उपचारका लागि सन्धिखर्क ६ नरपानी, ७ खाँचीकोट, पाणिनि गाउँपालिकाको अड्गुरी लगायतका स्थानीयहरुको सहभागीता रहेको छ ।कार्यक्रम अर्घाखाँची नरपानी रुपन्देही सम्पर्क समाजका अध्यक्ष गोविन्द प्रसाद लम्सालको अध्यक्षता, सचिव कृष्णप्रसाद न्यौपानेको सञ्चालन र साना किसान कृषि सहकारी नरपानीका ब्यवस्थापक सरस्वती न्यौपानेको स्वागत मन्तव्य सम्पन्न भएको कार्यक्रम संयोजक महेश न्यौपानेको भनाइ छ ।
कार्यक्रममा ज्ञानराज न्यौपाने, लिलाराम गौतम, शेरबहादुर विसि, साना किसानका अध्यक्ष सुमित्रा बिक, सन्धिखर्क नगरपालिकाका प्रमोद केसी, दिलिप केसी लगायतको उपस्थिति रहेको थियोे ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close