संघीय निजामती सेवा ऐनको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई ज्ञापन पत्र

सन्धिखर्क।अर्घाखाँचीका क्रियाशील ट्रेड युनियनहरूले संघीय निजामती सेवा ऐन चाँडो ल्याउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई ज्ञापन पत्र बुझाएका छन्।सोमबार प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल मार्फत कर्मचारी ऐनको ढिलाइले कर्मचारीहरूको वृत्ति विकासमा अवरोध भएको भन्दै सबैलाई समेट्ने र समस्याको समाधान गर्ने गरी ऐन तत्काल जारी गर्न अनुरोध गरिएको छ।

तीन पृष्ठको ज्ञापन पत्रमा ऐनको विषयवस्तु, ढिलाइको कारण, सर्वोच्च अदालतका निर्देशनात्मक आदेश, ट्रेड युनियनहरूबीचका सम्झौता र १२ वटा माग समावेश गरिएको छ।ज्ञापन पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले ऐनको अभावमा कर्मचारीहरूले भोगिरहेका समस्याप्रति आफू पनि सहमत रहेको बताउनुभयो।

उहाँले सबैको वृत्ति विकास सुनिश्चित गर्ने ऐनका लागि सम्बन्धित निकायले तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिँदै ज्ञापन पत्र छिट्टै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको सिबिए अध्यक्ष कृष्ण वर्माले बताउनुभयो।कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य रुकेन्द्र पालुङ्गे, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य गणेश प्रसाद भण्डारी लगायतको सहभागीतामा ज्ञापन पत्र बुझाइएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close