नेविसंघ अर्घाखाँचीले ५६ औं स्थापना दिवस वृक्षारोपण गरेर मनायो

सन्धिखर्क ।नेविसंघ अर्घाखाँचीले ५६ औं स्थापना दिवसको वृक्षारोपण गरेर मनाएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १ लदाम बगौंचामा धुपी सल्लो,तेजपात लगायतका विरुवाको वृक्षारोपण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस अर्घाखाँचीका सहसचिव कमल पौडे्लले स्थापना दिवसको कार्यक्रममा रचानात्मक कार्यक्रम गरेकोमा धन्यवाद दिदै सोहि अनुसारका विद्यार्थीका हक हितको काम गर्नको लागि पनि सुझाव दिनुभयो ।

यस्तै नेविसंघको संगठन बलियो बनाउनको लागि पनि सोहि अनुसार लाग्न आग्रह गर्नुभएको हो ।नेविसंघ जिल्ला अध्यक्ष कृष्ण भुसालले पछिल्लो समय जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नको लागि पनि यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरीले पनि समन्वय गरेको थियो ।कार्यक्रम रेशन जिसीको स्वागत मन्तव्य प्रवेश भुसालको

संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close