अर्घाखाँचीमा बैशाखबाट मोबाइल स्वास्थ्य सेवा कार्यक्रम घरदैलोमा संचालन हुने

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीमा पहिलो पटक वैशाख ४ गतेबाट २ वर्ष भन्दा मुनिका नवजात शिशु र गर्भवती महिलाका लागि मोबाइल स्वास्थ्य सेवा कार्यक्रम टोल बस्तीमा संचालन हुने भएको छ ।यो अभियानमा अहिले पालिका तथा वडा तहका स्वास्थ्यक्रमी महिला स्वंयसेवीका लाई तालिम दिने काम अन्तिम चरणमा पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले जानकारी दिनुभयो ।


अभियान सफल पार्नको लागि स्वास्थ्यक्रमी महिला स्वांयसेवीका प्रत्येक घरमा खटने छन । संकलन गरेको विवरण अनुसार गर्भवती महिलाले गर्नुपर्ने जाँच ,सुत्केरी हुने मितिको विवरण र २ वर्ष भन्दा मुनिका बालबालिकालाई लगाउन पर्ने खोप सम्बन्धीत विवरण व्यक्तीको मोबाइलमा आउने छ ।

यहि अभियानको क्रममा स्वास्थ्य संग सम्बन्धीत अन्य विवरण पनि संकलन गरिने लक्ष्य राखिएको छ। मोबाइल स्वास्थ्य एप्फ कार्यालयले अभियानमा खट्नेलाई उपलब्ध गराउने छ ।गर्भवती महिलाले गर्भ जाँच गर्नुपर्ने निश्चित समयभन्दा एक साताअघि नै महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा गर्भ जाँच गराउने बेला भएको सन्देश जान्छ र महिला स्वास्थ्य स्वयंसेविकाले गर्भवती महिलालाई भेटेर सन्देश सुनाउने कार्यक्रम उदेश्य पनि रहेको प्रमुख नेपालीको भनाइ छ ।

मोबाइल स्वास्थ्य सेवा शुरु भएपछि कुन हेल्थपोष्ट र स्वास्थ्य संस्था अन्तर्गतको कुन गाउँ वस्तीमा को–को गर्भवती छन् र ती गर्भवतीले स्वास्थ्य जाँच गराइरहेका छन् कि छैनन्, त्यस स्वास्थ्य संस्थाअन्तर्गत मातृ मृत्युको बढी जोखिममा परेका गर्भवती महिला कति छन्, त्यसको विवरण संकलन गर्न पनि यसको ठुलो भुमिका रहने छ ।अर्घाखाँचीका तीन नगरपालिका र तीन गाउँपालिकामा रहेका ६१ वटै वडामा यो कार्यक्रम लागु हुने छ ।यो कार्यक्रम वैशाखभरीमा सक्ने लक्ष्य लिएको जनाएको छ ।यो अभियान सफल पार्नको लागि स्थानीय स्तरमा पनि सहयोग गर्न कार्यालयले अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close