भारतमा पटाका गोदाममा विस्फोट हुँदा २० को मृत्यु

एजेन्सी ।भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोट भएपछि आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । यस्तै पाँच जना घाइते भएका छन् ।

बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका मजदुर रहेका आजतकले जनाएको छ ।शुरूमा छ जनाको ज्यान गएको पाइए पनि आगो निभाएर खोजी गर्दा मृतकको सङ्ख्या बढेको हो । विस्फोटका कारण कारखानाको स्ल्याब खसेर मजदुरहरु पुरिएका थिए ।घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन । प्रहरीले कारखाना मालिकविरुद्ध मुद्दा दर्ता गरेको छ ।

सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close