सन्धिखर्क नगरपालिकाले पनि १सय१५ औं अन्तराष्ट्रिय महिला दिवस मनायो

सन्धिखर्क ।महिलाको अधिकारका लागि अहिले सहरीय क्षेत्र भन्दा पनि ग्रामीण स्तरमा अधिकारका विषय र कार्यक्रम हुन जरुरी रहेको अर्घाखाँचीका जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराले बताउनुभएको छ ।खोलामा बालुवा चाल्ने महिला दिदि बहिनीका हक अधिकारका लागि विषय बस्तु उठान गर्न आवश्यक रहेको बताउनुभयो ।

सन्धिखर्क नगरपालिका महिला बालबालिका जेष्ठ नागरिक शाखाले राखेको १सय१५ औं अन्तराष्र्टिय महिला दिवसको कार्यक्रमम बोल्दै यस्तो बताउनुभएको हो ।यस्तै सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले नगरपालिका भित्र ४ वटा महिला समुहलाई तालिम प्रदान गरेर उनीहरुले नौमती बाजा बजाउन सक्षम भएको बताउनुभयो ।नौमतीलाई नै पुरुष समुह चाहिन्छ भन्ने परम्परा अबदेखि हराउँदै जाने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी ज्ञवाली, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,वडा अध्यक्ष माधव श्रेष्ठ ,महिला संजाल अर्घाखाँचीकी अध्यक्ष चन्द्रा गैरे,नेपाल महिला संघ अर्घाखाँचीका सचिव छमा कार्की,अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष दिपा आचार्य ,अखिल नेपाल महिला संघ राजम जिल्ला सचिव कल्पना पोखरेल ,अखिल नेपाल महिला संघ समाजवादी पुष्पा भाट,पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष गणेश खनाल लगायतले मन्तव्य राख्दै महिलाको हक अधिकारीमा राज्यले लागु गरेको अधिकार अनुसार अधिकार लागु गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल ,सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसी १२ का वडा अध्यक्ष नारायण खड्का,आधिकारीक ट्रेट युनियन अर्घाखाँचीका अध्यक्ष कृष्ण बर्मा लगायतको सहभागीता रहेको कार्यक्रममा लोक नृत्य प्रतियोगिता राखिएको कार्यक्रम सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यको अध्यक्षता सन्धिखर्क १ की वडा सचिव पुष्पा भुसालको संचालनमा सम्पन्न भएको हो ।यस्तै कार्यक्रमा सन्धिखर्क नगरपालिका १० र १२ को महिला समुहको नौमती बाजाको पस्तुती समेत गरिएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close