बाँगीमा लागू औषध नियन्त्रण विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

सन्धिखर्क ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा लागू औषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान अन्तर्गत युवा लक्षित लागू औषध विरुद्धको सचेतनामुलक कार्यक्रम मालारानीको गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न भएको छ ।

बाँगीमा रहेको शान्ति माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सक्रिय सहभागीतामा सचेतनामुलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
लागु औषध दुर्व्यसनीमा फसेका युवायुवतीहरुलाई परिवारले ख्याल नगर्दा समाजमा धेरे अपराध बढ्न सक्छ,” त्यसैले पनि यो कार्यक्रम महत्वपुर्ण हुने बताएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,जिल्ला प्रहरी कार्यालय अर्घाखााँचीका डिसपी चक्रबहादुर मल्ल लगायतले प्रशिक्षण दिइएको कार्यक्रममा शिक्षक विद्यार्थीकको सहभागीता रहेको थियो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close