सन्धिखर्कमा जेष्ठ नागरिकको पैसा चोर्ने व्यक्ती पक्राउ

सागर महत,सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पैसा चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।सन्धिखर्क नगरपालिका १मा पसल संचालन गर्दै आएका राजु खान भन्ने राजु पाखिया पक्राउ परेका हुन।

उनले पसलमा सामान किन्न आएका गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ७ भनभनेका ८३वर्षीय चन्द्रबहादुर क्षेत्रीको २०८०भदौमा सामान किन्न आएका क्षेत्रीको झोला गाडी लाग्ने ठाउँ सम्म लैदिन्छु भन्दै झोलामा रहेको ५१हजार पैसा चोरी गरेको डिएसपी चक्रबहादुर मल्लले बताउनुभयो।

चोरी गर्ने राजुको घर कपिलवस्तुको बुद्दभुमी २मा भएपनी सन्धिखर्कमा पसल गर्दै आएका थिए।अर्घाखाँची अदालतमा पठाएकोमा अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको सुचना अधिकारी जगन्नाथ मरासीनीले बताउनुभयो

उनलाई चोरी मुद्दामा ५महिना १५दिन कैद हुने प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close