मालारानीमा जीप दुर्घटना हुँदा चालक गभ्भीर घाइते

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डे मा जीप दुर्घटना हुँदा चालक कृष्ण लाल मरासिनी गभ्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।बुटवल  बाट मालारानी गाउँपालिका २ ढाणचौर आउदै गरेको लु१ ज ४२२६ नम्बरको जिप दुर्घटना भएको हो ।

जिप सडक देखि ४सय मिटर तल खसेको छ । दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय खनले जनाएको छ ।चालकको थप उपचारका लागि गुल्मी पठाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close