अमेरिकामा अवैध रूपमा बस्दै आएका भारतीय थप१सय१० जना फिर्ता

एजेन्सी । अमेरिकामा अवैध रूपमा बस्दै आएका भारतीयहरूको दोस्रो समूह भारत फिर्ता गरिएको छ ।अमेरिकाका विभिन्न राज्यमा अवैध रुपमा बस्दै आएका ११० जना भारतीयको समूहलाई भारत फर्काइएको हो ।

अमेरिकी एयरफोर्स बिमानबाट भारत फर्काउने क्रममा महिला र केटाकेटी बाहेक अरुलाई हतकडी लगाइएको थियो । पञ्जावको अमृतसर विमानस्थलमा अवतरण गरेका उनीहरुलाई अमेरिकी सेनाले भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको थियो ।

भारत फर्केकाहरुमा ४४ जना हरियाणा, ३३ जना पञ्जाब र ३३ जना गुजरातका रहेका छन् । जसमा १९ महिला र १४ नाबालिग र २ जना शिशु पनि रहेका छन् । यसअघी अमेरिकाले अमेरिकामा अबैध रुपमा बस्दै आएका १ सय ५ जना भारतीयलाई भारत फर्काइसकेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close