सन्धिखर्क १ द्वारा विद्यालयलाई शैक्षिक र खेल सामाग्री हस्तान्तरण

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले शैक्षिक तथा खेल सामाग्री मागको आधारमा विद्यालयलाई हस्तान्तरण गरेको छ ।विद्यार्थीलाई पठनपाठन गराउन सहजहोस भनेर हस्तान्तरण गरिएको हो ।

जसअन्तर्गत बाल शिक्षाका लागि एलएडी टिभी,घोडा, झाई झाई ,स्लाईट पाटी , ए देखि जेट सम्मको चित्र भएको बोर्ड, अ आ अक्षरको बोर्ड, बल लगायतका सामाग्री विद्यालयलाई वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिएको वडा अध्यक्ष माधव श्रेष्ठले बताउनुभयो।


सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारमा केहि भएपनि यो कार्यले टेवा पुग्ने उहाँले बताउनुभयो ।वडा भित्र रहेका ७ वटा विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

विद्यालयहरुमा युवा वर्ष जनता रवि चित्र मा.वि.हटारी,पार्वता आधारभुत विद्यालय,बाल आधारभुत विद्यालय,निर्मल नवज्योती सुस्तमनस्थिती विद्यालय,बाल मन्दिर लगायत रहेका छन ।कार्यक्रम वडा अध्यक्ष माधव श्रेष्ठको अध्यक्षता वडा सदस्य बाबुराम पन्थीको स्वागत मन्तव्य वडा सचिव पुष्पा भुसालको संचालनमा सम्पन्न भएको हो।


कार्यक्रममा शिक्षकको तर्फबाट पार्वती आधारभुत विद्यालयका विष्णु प्रसाद पराजुलीले शुभकामन मन्तव्य राखेको कार्यक्रममा वडा सदस्य सुन्तली श्रेष्ठ,भगवता पाण्डे सुनार, श्रीधर मुखिया, लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close