नेशनल प्याव्सन अर्घाखाँचीको आयोजनामा वक्तृत्वकला,चित्रकला र दौड प्रतियोगिता सम्पन्न

सन्धिखर्क ।नेशनल प्याव्सन लुम्बिनी प्रदेश कमीटी सचिव जेबी क्षेत्रीले नेशनल प्याव्सन अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम निकै सकारात्मक भएको बताउनुभएको छ ।विशेष गरि पछिल्लो समय बालबालिका लाई मोबाइलको प्रयोगले पार्ने असरलाई समेटेर वक्तृत्वकला लगायतका प्रतियोगिता राखेको मा धन्यवाद दिनुभएको छ ।
मोबाइल र टिभीको अत्यधिक प्रयोगले बालबालिकाको विकास र मानसिक स्वास्थ्यमा हुनसक्ने ढिलाइ र समस्याबारे सचेत हुनुका साथै यसको चेतना अभिभावकमा हुन पनि आवश्यक रहेको सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुल मा भएको उक्त कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।स्क्रिन भएका वस्तुले बालबालिकालाई मनोरञ्जन, सिकाउन र व्यस्त राख्न सक्ने भएतापनि यसको धेरै प्रयोगले विभिन्न किसिमका शारीरिक, मानसिक तथा व्यवहारिक समस्या निम्त्याउन सक्ने बताउनुभयो ।
उहाँले नेशनल प्याव्सनमा आबद्व विद्यालयका कारण बसाई सराइ नियन्त्रणमा महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । नेशनल प्याव्सन अर्घाखाँचीका संस्थापक टेकबहादुर थापा क्षेत्री, सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुलका अध्यक्ष डिलाराम भुसाल, नेशनल प्याव्सन अर्घाखाँचीका अध्यक्ष थम्मन केसी,पत्रकार महासंघ अर्घाखाँची उपाध्यक्ष रुद्रमणि भुसालले बालबालिकालाई विभिन्न जीवन उपयोगी सिपहरु सिक्न अनुभव अन्तर्गत खेलखुद महत्वपुर्ण रहेको बताउनुभयो ।
वक्तृत्वकला,चित्रकला र सय मिटर छात्र छात्र दौड प्रतियोगितामा दौड प्रतियोगितामा तर्फ सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुल सन्धिखर्क छात्र र छात्रा दौडमा प्रथम भएको छ ।जसमा अभिनास विक र समिक्षा विक को हभागीता रहेको थियो ।
दृतियमा नेपाल शहिद मोमोरियल इङ्गलिस बोर्डिङ स्कुल छत्रदेवका समिर नेपाली,अडगुरी एजुकेशन एण्ड सौल डेभ्लपङि बोर्डिङ स्कुल जस्मीन महत्रा भएका छन ।यस्तै तृतियमा अर्घााखाँची बा्रईट फ्यूचर इङ्गलिस बोर्डिङ स्कुल छत्रदेवका छात्र प्रविना भट्टराई र ग्लोरियस इङ्गलिस बोर्डिङ स्कुल भुमिकास्थानका निराज श्रेष्ठ भएका छन ।
वक्तृत्वकलामा ब्रिलियन्ट इङ्गलिस बोर्डिङ स्कुलकी कृतीका पन्थी प्रथम,दृतियमा अर्घााखाँची बा्रईट फ्यूचर इङ्गलिस बोर्डिङ स्कुलकी अस्मीता पौडे्ल ,तृतियमा अर्जुन इङ्गलिस बोर्डिङ स्कुल भुमिकाास्थानकी अन्सु बेल्बासे हुनुभएको हो ।
यस्तै चित्रकला तर्फ ग्लोयिस इङ्गलिस बोर्डिङ स्कुलका अस्वीन बेल्बासे प्रथम, दृतियमा अर्घााखाँची बा्रईट फ्यूचर इङ्गलिस बोर्डिङ स्कुलका सम्भु जिएम र तृतियमा अडगुरी एजुकेशन एण्ड सौल डेभ्लपङि बोर्डिङ स्कुलका विनयक महत्रा हुनुभएको विजेतालाई मेडल प्रमाण पत्र नगद समेत प्रदान गरिएको सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुलका सहायक पिन्सीपल नारायण प्रसाद भुसालले बताउनुभयो ।
कार्यक्रम सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुलका सहायक पिन्सीपल नारायण प्रसाद भुसालको संचालनमा सम्पन्न भएको हो ।प्रतियोगितामा ७ वटा बोर्डिङ को सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !