संघीयता विरुद्ध जनमाेर्चा अर्घाखाँचीको सभा ढाकावाङ्गमा सम्पन्न

 

टेकराज भुसाल,अर्घाखाँची।  संघीयता खारेजीको माग राख्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म काठमाडौंमा आन्दोलनको घाेषणा गरेका राष्ट्रिय जनमाेर्चाले अर्घाखाँचीमा प्रचारप्रसार, भित्तेलेखन, सभाहरु लगायतका गतिविधिलाई तीव्रता दिन थालेको छ।

साेहि अनुरुप शुक्रबार जनमाेर्चाले भूमिकास्थानकाे ढाकावाङ्गमा विरोध सभा सम्पन्न गरेको छ।

उक्त विरोध सभालाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शेरबहादुर विसीले देशमा बढ्दै गइरहेको भ्रष्टाचार, कालाबजारी लुटतन्त्रको मुख्य जड संघीयता भएको बताउदै संघीयता देशका लागि महङ्गो सावित भइसकेकाले खारेजीको माग गर्नुभयो ।

देश संघीयताका कारण आर्थिक रुपमा टाँट पल्टेको भन्दै जनताले कर तिरेर प्रदेशका मन्त्री, सांसद र कर्मचारी  पाल्न नसक्ने बताउदै संघीयता खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिका नगरप्रमुख झविलाल थापाले संघीयताकै कारण देशभर संस्थागत र नितिगत भ्रष्टाचार भएको देश आर्थिक रुपमा कङ्गाल हुदै गएको बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय जनमाेर्चा जिल्ला उपाध्यक्ष गाेपाल पाैडेल, भूमिकास्थान नगरसमिति अध्यक्ष हिमलाल बन्जाडे, अखिल नेपाल शिक्षक संघ केन्द्रीय काेषाध्यक्ष टेकबहादुर थापा लगायतले बाेल्दै संघीयताविरुद्ध अबकाे आन्दोलन निर्णायक आन्दोलन भएको बताउदै सम्पूर्ण राष्ट्रप्रेमीहरु एकजुट भएर यो आन्दोलनमा सरिक हुनुपर्ने जाेड दिनुभएको थियो।

संघीयताका कारण देशको राष्ट्रियता कमजोर बनेको, जनतालाई करको भार थोपरिएको र विकास निर्माणमा लगाउनुपर्ने रकम प्रशासनिक खर्चमा लगाउनुपरेको ठहर गरेको जनमाेर्चाले अन्तरिम संविधानमा संघीयता सामेल गरेदेखि नै विरोध गर्दै आएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close