इजरायल र हमासबीच युद्धविराम सम्झौता

एजेन्सी ।इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ।इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ।

यो जानकारी युद्धविराम सम्झौताको बारेमा जानकार एक स्रोतले बीबीसीलाई दिएको हो।हमासका एक अधिकारीले बीबीसीलाई बताएअनुसार उनले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको जानकारी गराएका छन्।

गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको छ।हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो।हाल भने हमाससँग ९४ इजरायली बन्धक मात्र बाँकी छन्। तर इजरायलले यी बन्धकमध्ये ६० जना मात्र बाँचेको बताएको छ।

जवाफमा इजरायलले हमासविरुद्ध गाजामा सैन्य आक्रमण सुरु गर्दा युद्ध जारी रहेको हो। गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४६ हजार ५सय भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close