देउराली यातयातको आयोजनामा पत्रकार महासंघ नव निर्वार्चित पदाधीकारीलाई बधाई तथा सम्मान

सन्धिखर्क ।देउराली यातयात अर्घाखाँची प्रा.लि. ले पत्रकार महासंघ अर्घाखाँचीका नव निर्वार्चित पदाधीकारीलाई बधाई तथा सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै देउराली यातयात अर्घाखाँची प्रा.लि. का अध्यक्ष गोविन्द बन्जाडेले पत्रकारीता पेशालाई सत्य तथ्यका आधारमा कलम चलाउन आग्रह गर्नुभयो ।


नवनिर्वाचित कार्यसमितिले बधाई तथा सफल कार्यकालको शुभकामना दिर्दै जिल्लामा रहेका हरेक क्षेत्रमा खबदारी गर्न पत्रकारीता क्षेत्रको भुमिका ठुलो हुने बताउनुभयो ।

यस्तै पत्रकार महासंघ जिल्ला अध्यक्ष गणेश खनालले जिल्लाको ग्रामीण क्षेत्रमा पुरानो यातयातका साधन मध्ये देउराली यातयात प्रा.लि. भएकाले समय अनुसार यात्रुको माग अनुसार संचालन गर्न आग्रह गर्नुभयो ।यस्तै यातयातका साधन समय तालिका अनुसार छुटाउन आग्रह गर्नुभयो ।


कार्यक्रम देउराली यातयात अर्घाखाँचीका उपाध्यक्ष अशोक कुमार भुसालको स्वागत मन्तव्य देउराली यातयात अर्घाखाँची प्रा.लि. का अध्यक्ष गोविन्द बन्जाडेको अध्यक्षता पदम भुसालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close