महिला सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण हुन्छ:उपप्रमुख आचार्य

कमला पाेख्रेल ,सन्धिखर्क। मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क ९ र १० काे १८ औं वार्षिक साधारणसभा गच्छेगैरामा सम्पन्न भएको छ ।
कार्यक्रमको पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका कार्यबाहक नगर प्रमुख मिश्रा आचार्यले महिला सशक्तीकरणमा सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयाे।


उहाँले “महिला सशक्तीकरणका लागि सहकारी संस्थाले गरेको योगदान सराहनीय रहेको र नगरपालिकाले पनि यसका लागि सधैं सहयोग गर्न तयार बताउनुभयो ।” प्रमुख आचार्यले नगरपालिकाले महिलाहरूलाई आय आर्जनमा लाग्न प्रोत्साहित गर्ने तथा त्यसको लागि विभिन्न पहल गर्दै आएको पनि जानकारी दिनुभयाे।
सन्धिखर्क १० का वडा अध्यक्ष मोहनसिंह ठकुरीले सहकारी संस्थाबाट स्वराेजगार बन्नका लागि सबैलाई आग्रह गर्नुभयाे।
“सहकारी संस्थाले महिला सदस्यहरूलाई आत्मनिर्भर बनाउनका लागि नयाँ अवसरहरू प्रदान गरेको छ।

यसका लागि सबैले सक्रिय सहभागिता जनाउन आवश्यक रहेको वडा अध्यक्ष ठकुरीको भनाइ छ ।
कार्यक्रमा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश काेषाध्यक्ष प्रेमनारायण आचार्यले सहकारीको माध्यमबाट उत्पादनमा जाेडिन सबैलाई आग्रह गरेका छन् ।
सहकारीका अध्यक्ष कमला नेपालीले वार्षिक प्रतिवेदन र शान्ता नेपालीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रम कमला नेपालीकाे अध्यक्षता, अविना मरनसिनीकाे सञ्चालन र पुतला महतको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close