सन्धिखर्क पोलिक्लिनिकद्वारा पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सम्मान

सागर महत,सन्धिखर्क ।सन्धिखर्क पोलिक्लिनिक हललाईनले पत्रकारलाई सम्मान गरेको छ ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीका नवनिर्वाचित कार्यसमितति , प्रदेश तथा केन्द्रीय पार्सदहरुलाई सफल कार्यकालको शुभकामना दिदै सन्धिखर्कमा सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा.जगन्नाथ तिवारीले अहिले जिल्ला अस्पताल नामको मात्र ५० शैयाको भएको बताउनुभएको छ ।

अहिले सेवा १५ शैयाबाट दिएको बताउनुभयो भएको छ। दरबन्दी पनि कम छ । ।डायलसिस सेवा नहुँदा यहाँका बिरामी बुटवल र काठमाण्डौं जान बाध्य छन ।यहाँ यो सेवा विस्तार गरेमा यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।यसको बजेट व्यवस्थापनका लागि प्रदेश सरकार केन्द्र सरकारले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।सन्धिखर्क पोलिक्लिनिकका अध्यक्ष राजेन्द्र श्रेष्ठले आफुहरुको अस्पताल नाफा मुखी मात्र नभएर सेवा मुखी गर्ने उदेश्यले संचालन गरेको बताउनुभयो ।


पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष गणेश खनालले राम्रा कामलाई साथ दिने नराम्रा काम मा खबरदारी गर्ने बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क पोलिक्लिनिक का (MDGP )डा. अशोक शाह,पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य,प्रदेश सदस्य हिम लेकाली जिसी लगायतको सहभागीता रहेको कार्यक्रम सन्धिखर्क पोलिक्लिनिकका अध्यक्ष राजेन्द्र श्रेष्ठ अध्यक्षता संचालक गंगा बहादुर केसीको स्वागत मन्तव्य शिशिर पौडे्लको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close