दुध खपत गर्नको लागि विद्यालयसंग दिवा खाजाको लागि पालिकामार्फत समन्वय गर्छुः कोइराला

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीमा दुधको बजारीकरणको समस्या भएको दुग्ध उत्पादन किसानले बताएको छन ।मंसिर देखि दुधको बजारीकरणको समस्या आएको उनीहरुले बताएका हुन ।अर्घाखाँची दुग्ध उत्पादन तथा बिक्री वितरण सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभाहमा सहभागी किसानले सन्धिखर्कमा यस्तो बताएका छन । दानाको मुल्य बढ्दै जाने दुध बिक्री नहुँदा आफुहरुको उत्पादन खेर गएको गुनासो राखेका हुन ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले दुधको बजारीकरणमा केहि सहज होस भनेर विद्यालयमा दिवा खाजाको रुपमा खिर प्रयोग गर्नको लागि पालिकाहरु सँग समन्वय गर्ने बताउनुभयो ।जसले गर्दा जिल्लामा उत्पादन भएको दुधको उत्पादन लाई पोत्साहन हुने बताउनुभयो ।केहि पालिका संगको कुराकानी गर्दा विद्यालयमा खाजा खर्च बापतको दैनिक १५ रुपँया आउँछ भन्छन ।यसले खिर खाजा खानाको लागि बजेट कम हुने बताएपनि यस विषयमा सबै निकाय संग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
भेटेनरी अस्पताल अर्घाखाँचीका अधिकृत सुन्दर विकका अनुसार जिल्लामा दैनिक ९हजार बढी लिटर दुध उत्पादन हुने गरेको बताउनुभयो ।सन्धिखर्क नगरपालिका वडा नम्बर २का वडा अध्यक्ष मोतिजंग रायमाझी र वडा नम्बर ८ का वडा अध्यक्ष हुमप्रसाद बन्जाडेले बढ्दो लगानीको प्रतिस्पर्धाले परिणाम कम आउने भएकाले नयाँ लगानी कर्ताले बजारको अवस्था हेरेर मात्र लगानी गर्न आग्रह गर्नुभयो ।
सन्धिखर्क २मा रहेको अर्घाखाँची दुग्ध उत्पादनले मात्र वर्षमा ५ करोडको दुध बिक्री गर्ने गरेको संस्थाका अध्यक्ष चन्द्र प्रसाद बन्जाडेले बताउनुभयो। आगामी वर्ष सम्ममा ५ करोड ५० लाखको दुध तथा दुग्ध जन्य पदार्थबाट बनेका सामग्री बेच्ने लक्ष्य लिएको छ ।अहिले सोहि संस्थामा १सय ५० जनाको शेयर रहेकोमा कुल पुँजी ५० लाख रहेको बताएको छ ।
सहकारीलाई विभिन्न माध्यबाट सहयोग गरेको भन्दै सन्धिखर्क नगरपालिका वडा नम्बर १० का पुर्व वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली र दुधको थोक विक्रेता शंकर आचार्यलाई मायाको चिनो उपहार स्वरुपममा घिउ दिएर सम्मान गरिएको संस्थाका कोषाध्यक्ष कुशल भुसालले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !