भेटेरिनरी अस्पताल अर्घाखाँचीको आयोजनामा निशुल्क पशु स्वास्थ्य शिविर शितगंगामा सम्पन्न

सन्धिखर्क ।भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सितगङ्गा नगरपालिका वडा नम्बर .०८ लापेमा सम्पन्न भएको छ । शिविरको उदघाटन गर्दै प्रदेश कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले लुम्बिनी प्रदेश दुध,मासु,अण्डामा आत्म निर्भर बन्नको लागि प्रदेश सरकारले सोहि अनुसारको योजना बनाएको बताउनुभयो ।

शिविरमा गाई ,भैंसी,बाख्रा ,कुखुरा,बङ्गुर,भेडामा लाग्ने विभिन्न प्रकारका रोगको परिक्षण तथा खोप समेत लगाइएको हो ।यस्तै कुकुरहरूमा रेविज भेडाबाख्रामा पि.पि.आर.खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख विष्णु पौडे्लले जानकारी दिनुभयो ।ग्रामीण भेगका नागरिकले आफ्नै घर गाउँमा सेवा पाउँदा निकै हर्षित भएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close