सन्धिखर्कमा रहेको निदान डेन्टल क्लिनिकको आयोजनामा निशुल्क दन्त परिक्षण

लक्ष्मण घिमिरे,सन्धिखर्क ।
अर्घाखाँची निदान डेन्टल क्लिनिकले निशुल्क दन्त परिक्षण शिविर सम्पन्न गरेको छ ।गुन्टेखोलामा अवस्थित अर्घाखाँची निदान डेन्टलले सन्धिखर्क(१ मा रहेको पाणिनी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको निशुल्क दन्त परिक्षण गरेको हो । क्याम्पसमा अध्ययनरत दुईसय १५ जना विद्यार्थीको दाँत चेकजाँच गरिएको क्लिनिकका व्यवस्थापक बाबुराम पोख्रेलले जानकारी दिए ।
डा. सन्ध्या अधिकारी र डा। ललिसा केसीले दाँत परिक्षण गरेका थिए । सामाजिक दायित्व अन्तर्गत आफुहरुले शिविरको आयोजना गरेर दन्त परिक्षण गरेको पोख्रेलले बताए ।
क्याम्पसका प्राध्यापक र विद्यार्थीले शिविर आयोजना गरेकामा आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कमेन्ट गर्नुहोस !