भारतमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुलामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।बसमा कम्तीमा पनि ४५ जना यात्रु रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त बस नैनीडाँडादेखि रामनगर जाँदै गरेको अवस्थामा सडकबाट खोलामा खसेको हो ।
बस दुर्घटनामा १५ जना घाइते भएको र उनीहरूलाई नजिकको अस्पताल पठाइएको स्थानीय अधिकारीहरूलाई जनाउँदै इन्डिया टुडेले जनाएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारलाई राहतस्वरूप ४ लाख रुपैयाँ र घाइतेको उपचारका लागि १ लाख उपलब्ध गराउने घोषणा गरेका छन् ।कान्तिपुरबाट
कमेन्ट गर्नुहोस !