दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाण्डौ । दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन् ।रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा १ ज ८२२ नम्बरको जीप आज बिहान तीन बजेतिर राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिकावडा नम्बर ३ साततलेमा सडकबाट खसेको हो ।

दुर्घटनामा दाङकै दङ्गीशरण गाउँपालिकावडा नम्बर ४ बैबाङका २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरीका कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।घाइते ३ जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close