अर्घा भगवती मन्दिरमा जाँदा फरक फरक सडक प्रयोग गर्न प्रहरीको आग्रह

अर्घाखाँची ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भोली पूर्णिमाको दिन अर्घा भगवती मन्दिरमा लाग्ने मेलामा जाँदा सडक मार्ग फरक फरक प्रयोग गर्न अनुरोध गरेको छ ।सराय नाच र सांस्कृतिक कार्यक्रमको एकै दिन हुने भएकाले सवारी चाप व्यवस्थापन गर्नको निम्ति अर्घा भगवती मन्दिर जाने मुख्य सडक खण्डमा श्रद्धालु भक्तजन एवं अन्य दर्शकहरुको भिडभाड हुने भएकाले यसको व्यवस्थापनको लागि आग्रह गरिएको हो ।

मुख्य सडक खण्ड अन्तर्गत चल्ने चार पाङ्गे सवारी साधनहरुलाई भक्तिटोला, धरमपानी, गच्छेगैरा, राशी चौर, रानी गैरा र मशुरपाटा हुँदै भित्री सडक खण्ड प्रयोग गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।यस्तै दुई पाङ्ग्रे सवारी साधनहरुलाई अर्घा भगवती स्कुलमा पार्कीङको व्यवस्था मिलाईएको हुँदा सोही ठाउँमा पार्कीङ गरिदिन प्रहरीले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close