काँग्रेस अर्घाखाँचीले ६१ वटै वडामा प्रतिनिधि खटायो

बिष्णु खनाल,सन्धिखर्क । नेपाली काँग्रेस अर्घाखाँचीले ६१ वटै वडामा प्रतिनिधि खटाएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार प्रतिनिधि खटाएको हो ।नेपाली काँग्रेस जिल्ला पदाधिकारी बैठकको निर्णयानुसार जिल्लाका ६१ वटै वडामा काँग्रेस जिल्ला पदाधिकारी, जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश पदाधिकारी, पालिका पदाधिकारी, पुर्व जिल्ला पदाधिकारी तथा नेताहरु खटिएका छन् ।
वडामा खटिएका प्रतिनिधिले क्रियाशिल कार्ड वितरण, नविकरण र नर्या फर्म वितरण, काँग्रेसका विभिन्न भातृ तथा शुभेच्छुक संस्था गठन, वडा कार्यसमिति, टोल कार्यसमितिलाई क्रियाशिल बनाउने लगायतका कार्य गर्ने नेपाली काँग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनालले बताए । त्यसैगरी प्रतिनिधिले वडाभित्र नेपाली काँग्रेस वडा कार्यसमिति र जनप्रतिनिधिबिचको सम्बन्धलाई अझ मजबुत बनाउन भुमिका खेल्नेछन् ।
नेपाली काँग्रेसको विधान बमोजिम वार्षिक क्यालेण्डर अनुसार वडा सम्मेलन तयारी समेत गर्ने गरि संगठन विस्तारका लागि नेताहरु प्रतिनिधिको रुपमा खटिएको नेपाली काँग्रेस अर्घाखाँचीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस !