काभा महिला भलिबलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुग्यो

काठमाडौँ । काभा वुमन्स नेसन्स लिग भलिबलको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले इरानलाई २५–२१‚ २८–२६ र २५–२० ले सोझो सेटमा पराजित गरेको हो। अब नेपालले उपाधिका लागि भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ।
कमेन्ट गर्नुहोस !