गुल्मीमा अरिङ्गालले टोकेर १ जनाको मृत्यु

गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर १ जनाको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय हरि कुँवरको मृत्यु भएको हो ।
बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि पाल्पामा लगिएको थियो । उपचारको क्रममा पाल्पास्थित मिसन अस्पतालमा मृत्यु भएको जिल्लाा प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close