गर्मीका कारण पाकिस्तानमा एक लाखभन्दा बढी विद्यालय बन्द

काठमाडौँ । उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा विद्यालयहरूको गीष्मकालीन बिदा दुई सातासम्म लम्बिने भएको छ । यसबाट एक लाखभन्दा बढी विद्यालय प्रभावित हुने एक शिक्षा अधिकारीले बताएका छन् ।
जलवायु परिवर्तनका कारण पाकिस्तान बढ्दो जोखिममा छ । जलवायु परिवर्तनका कारण तातो हावा अर्थात् लु धेरै चल्न थालेपछि मंगलबारदेखि यहाँका विद्यालय थप दुई साता बन्द हुने भएका हुन् । सिन्ध प्रान्तका शिक्षा विभागका अनुसार बालबालिकाको हितका लागि विद्यालयहरूलाई थप १४ दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

सिन्ध प्रान्तका केही क्षेत्रमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा पाकिस्तानले मे र जुन महिनामा लुको सामना गर्नुपरेको थियो । मुलुकको सबैभन्दा धेरै जनसंख्या भएको पञ्जाब प्रान्तमा अधिकारीहरूले बालबालिकालाई प्रचण्ड गर्मीबाट बचाउन बिद्यालयमा बिदा दिएको बताएका छन् ।रासस

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close