कपिलवस्तुमा चट्याङ लागेर २को मृत्यु

कपिलवस्तु l चट्याङ लागेर कपिलवस्तुमा २जनाको मृत्यु भएकोछ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका वडा नम्बर ६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिनुभयो।
उनीहरुकोको बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
कमेन्ट गर्नुहोस !