लायन्स क्लब अफ अर्घाखाँचीले गर्यो क्यान्सर पीडित प्रेम थापालाई आर्थिक सहयोग

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।
लायन्स क्लब अफ अर्घाखाँचीले क्यान्सर पीडित सन्धिखर्क–१०, वेल्टारीका प्रेम थापालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष प्रकाश परियारको जन्मोत्सवको अवसर पारेर क्यान्सरबाट पीडित थापाकै घरमा पुगेर क्लबले नगद ४३ हजार ९० रुपैयाँ हस्तान्तरण गरेको हो ।विगत साढे २ वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित ४२ बर्षिया थापाको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसरमा ५ हजार १सय सहित अन्य क्लवमा आवद्ध साथिहरुबाट संकलित ४३ हजार ९० रुपैंया प्रदान गरिएको क्लबका अध्यक्ष परियारले जानकारी दिनुभएको छ ।


लायन्स क्लब अर्घाखाँचीको तर्फबाट संस्थापक अध्यक्ष हरी प्रसाद भुसाल,निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भुसाल, बर्ष २०२४÷०२५ का अध्यक्ष प्रेम थापा, उपाध्यक्ष मिरा के।सी।सेजवाल, बर्ष २०२४/०२५ का कोषाध्यक्ष मिना बस्याल भट्टराई, सह–सचिव नवराज बन्जाडे, डाइरेक्टर मोहनसिंह ठकुरी, सदस्य दुर्गा विक, दामोदर केसी लेखनाथ भुसाल लगायतको टोलीले उक्त रकम हस्तान्तरण गरेको क्लबका सचिव प्रदिप आचार्यले बताउनुभएको छ ।


सन्धिखर्कमा इलेक्ट्रिक व्यवसाय गर्दै आउनुभएका प्रेम थापा साढे २ वर्ष अघि फोक्सोको क्यान्सरबाट ग्रसित भएपछि उहाँको उपचारका लाखौं धनराशी खर्च भइसकेको छ । भएको धनसम्पत्ति उपचारमा खर्च भएपछि अहिले उहाँको उपचारमा समेत आर्थिक समस्या उत्पन्न भएको छ ।
उपचारका लागि सबैले सहयोग गरेर आफुलाई बचाइदिन पिडित थापाले सार्वजनिक रुपमा अपिल गर्नुभएको छ । थापाको २ छोरी, साढे दुइ बर्षिय एक छोरा रश्रीमती हुनुहुन्छ । अहिले आर्थिक अभावमा नियमित उपचार समेत प्रभावित भएको र आफु तलमाथि भए परिवारको विचल्ली हुने भन्दै पिडित प्रेमले आफ्नो ज्यान बचाइदिन सबैसंग याचना गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close