स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न ,ग्रिन प्रथम

सन्धिखर्क ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयहरुको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सन्धिखर्क ग्रिन इङलिस बोर्डिङ्गकी छात्रा आशिका बन्जाडे प्रथम, जनज्योति माध्यमिक विद्यालयकी विदुषी खड्का द्वितीय र चन्द्र प्रभा माध्यमिक विद्यालयकी आकृति न्यौपाने तृतीय भएकी छन् ।
उनिहरुलाई नगद, प्रमाण–पत्र सम्मान गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिनुभयो ।महिनावारी हुँदा किशोरीहरुलाई चुनौती विषयक वक्तृत्वकला प्रतियोगितामा सन्धिखर्क नगरपालिका भित्रका ११ वटा संस्थागत तथा सामूदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको सहभागीता रहेको उहाँले बताउनुभयो ।कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना, सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको समन्वय र भिजिवल इम्प्याक्टको सहकार्यमा भएको हो ।
कमेन्ट गर्नुहोस !