आईपीएल क्रिकेटमा बेंगलुरुले पञ्जाबलाई हरायो

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ । जितसँगै बेंगलुरुले प्लेअफको सम्भावनालाई कायमै राखेको छ । गएराति धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो ।
जितका लागि दुई सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा एक ८१ रनमा समेटियो । आईपीएल क्रिकेटमा आज गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close