सन्धिखर्कमा मिथ्या सुचना विरुद्व युवा विषयक भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्कमा मिथ्या सुचना विरुद्व युवा विषयक भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ ।प्रतियोगितामा प्रथम विक्की हिताङग,दृतिय नविन रसाईली,तुतिय भिम विश्वकर्माको समृह भएको हो । प्रतियोगितामा क्रमश प्रथम,दृतिय,तृतियलाई १५ हजार,१० हजार,५हजार को चेक सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य,पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य,स्वास्थ्य कार्यालयका निमित्त कार्याललय प्रमुख गणेशराज पौड्ेल,पत्रकार महासंघ जिल्ला सहसचिव हृदय भुसालले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले सामाजिक संजाल प्रयोगकर्ताहरुले गलत, भ्रामक, तथ्यहिन सुचना तथा समाचार संप्रेषण गर्नाले आम पत्रकारिता जगतमै चुनौति थपिएको बताउनुभयो। छिटो सुचना दिने, धेरै सेयर र भ्युज पाउने आशमा धेरै संजाल प्रयोगकर्ताले आधारहिन सुचनालाई प्राथमिकता दिएको बताउनुभयो।
उहाँले सामाजिक संजालमा आएका समाचारलाई मात्र विश्वास गर्न नहुने बताउदैं एकै स्रोतको भर नपरी अन्य स्रोतबारे पनि जानकारी लिन आम नागरिकलाई अनुरोध गर्नुभयो । साथै यो प्रतियोगिताले समाजमा सही संन्देश प्रभा गरेको बताउनुभयो ।
कार्यक्रम इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटको सहयोग र सागर परियारको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !