सन्धिखर्क नगरपालिकामा ५० प्रतिसत अनुदानमा कृषकलाई उन्नत जातको मकैको बिउँ वितरण

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातको मकैको बिउँ वितरण गरेको छ । कृषकको मागको आधारमा ५० प्रतिशत अनुदान मकैको बिउँ वितरण गर्न सुरु गरिएको छ ।
कृषकको माग अनुसारका यहाँको हावापानीमा उत्पादन हुने २ जातका मकैको बिउँ वितरण गरेको नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

जसअन्तर्गत मनकामना र देउती जातको मकैको बिउँ पहिलो चरणमा व्यक्ती समुह र सहकारीलाई २८ कुन्टल मकैको बिउँ वितरण गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।


प्रति केजी ९८ रुपँया रहेको मकै कृषकले ४९ रुपँयामा पाएको कृषि शाखा प्रमुख भट्टराईको भनाइ छ ।कृषकको राहत र प्रोत्सहानका लागि पालिकाले अनुदानका कार्यक्रम ल्याएको जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close