अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा मिर्गौला पीडित परिवारलाई आर्थिक सहयोग

सन्धिखर्क ।अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा मिर्गौला पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन ।मन्चले जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर वडा नम्बर ४ निवासी मिर्गौला पीडित प्रदीप नेपाली बचाउ अभियान अन्तरगत ६५ हजार हस्तान्तरण गरिएको हो । उक्त रकम जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइराला मार्फत उनका दाजु प्रकाश नेपाली लाई हस्तान्तरण गरिएको छ।रोजगारीका लागि दक्षिण कोरियामा पुगेका अर्घाखाँची बासीको पहलमा संकलन भएको उक्त रकम हस्तान्तण गरिएको हो ।विदेशमा रहेर पनि नयाँ जिवन पाउनको लागि केही भएपनि आर्थिक सहयोग गरेकोमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियालाई जिल्ला समन्वय प्रमुख कोइरालाले धन्यवाद दिनुभएको छ । साथै उक्त कार्यक्रममा मंच बाट प्रकाशित २०८१ को भित्ते पात्रो बिमोचन पनि गरिएको थियो।
जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा ( एमाले ) जिल्ला कमिटीका अध्यक्ष पिताम्बर भुसाल , समाजसेवी ब्याक्तित्व जनार्दन खनाल ,मालारानी गाउँपालिकाका पुर्ब अध्यक्ष बालकृष्ण शर्मा आचार्य ,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल प्रदेश सदस्य प्रेम नारायण आचार्य लगायतका संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम सम्पर्क मंचका यमलाल पोख्रेलको अध्यक्षता तथा मालारानी गाउँपालिका कार्यपालिका सदस्य लिला बिकको संचालनमा सम्पन्न हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close