आईपीएल क्रिकेटमा हैदराबादले चेन्नईलाई हरायो

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । हैदराबादमा गएराति भएको खेलमा घरेलु टोलीले चेन्नईलाई ६ विकेटले हरायो । चेन्नईले जितका लागि दिएको एक सय ६६ रनको लक्ष्य हैदराबादले १९ ओभर एक बलमा भेट्टायो । हैदराबादका एडन मारक्रमले ५० रन बनाए ।
त्यसअघि चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो ।
कमेन्ट गर्नुहोस !