अर्घाखाँचीः वन डढेलो नियन्त्रणमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिने

सागर महत,सन्धिखर्क ।डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रणमा उत्कृष्ट भुमिका निर्बाह गर्नेलाई पुरस्कृत गर्ने भएको छ ।गर्मी मौषममा डढेलो फैलिने भएपछि वन ढढेलो नियन्त्रणको लागि उत्कृष्ट भुमिका निर्बाह गर्ने वनका कर्मचारी,जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, संघ, संस्था, समुह र व्यक्ति लगायतलाई १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरेको डिभिजन वन कार्यालय अर्घाखँचीका सहायक वन अधिकृत यादव सापकोटाले जानकारी दिए। पुरस्कार प्रतिनिधि मुलक तरिकाले वितरण गरिने उनले बताए ।

डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा भएको वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि कार्यक्रम तथा जिल्ला वन समन्वय समिति र जिल्ला वन सुरक्षा समितिको संयुक्त बैठकमा वन डढेलो नियन्त्रण गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको कार्यालय प्रमुख ईश्वरी प्रसाद पौड्ेलको भनाइ छ ।

वन डढेलो रोकथाम तथा नियन्त्रणका लागी जनचेतना मुलक डेमो कार्यक्रमहरु संचालन कार्य लाई जारी राख्ने, स्थानीय तहहरुले वन डढेलो नियन्त्रणका लागी ब्यापक प्रचार प्रसार तथा आबश्यक श्रोत व्यवस्थापन गर्नका लागी अनुरोध गर्ने लगायतका निर्णय पनि गरिएको कार्यालय प्रमुख पौडेलले बताए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Back to top button
Close
Close