आइपिल क्रिकेटमा कोलकोता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्ये

काठमाण्डौं।आइपिल क्रिकेटमा रोमाञ्चक खेलमा कोलकोता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो ।
कोलकोताले दिएको २०९ रनको लक्ष्य पछ्याएको सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाए पछि खेल कोलकोताले ४ रनले जितेको थियो ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।
कमेन्ट गर्नुहोस !