अर्घाखाँचीमा एसइई परीक्षाको तयारी पूरा

नेत्र मरासिनी,सन्धिखर्क।अर्घाखाँचीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।चैत्र १५ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले जानकारी दिनुभयो । यस वर्षको एसइईको परीक्षामा अर्घाखाँचीबाट २ हजार नौ सय ७२ परीक्षार्थी सहभागी हुँदैछन् ।

पराजुलीका अनुसार एक हजार ३ सय ९७ छात्र र एक हजार ५ सय ७५ छात्राले एसइई परीक्षा दिँदै छन् । जसअन्तर्गत २७ छात्र र २७ छात्रा गरी ५४ जनाले परीक्षार्थी ग्रेड वृद्धिका लागि सहभागी हुँदैछन् ।

परीक्षाका लागि आवश्यक उत्तर पुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरूमा पठाइसकिएको छ । अर्घाखाँचीमा जम्मा १७ वटा परीक्षा केन्द्र तोकिएको इकाई प्रमुख पराजुलीले बताउनुभयो ।

परीक्षा सञ्चालनका लागि १७ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष र १४८ जना निरीक्षक तोकिएको छ भने सहायक कर्मचारी रुपमा ३१ जना र ६० जना कार्यालय सहयोगी खटाइएको छ ।

परीक्षालाई शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन हरेक परीक्षा केन्द्रमा आवश्यकता अनुसार ४ देखि १० जना सुरक्षाकर्मी परिचालन गरिने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close