अर्घाखाँची सहित देशभरका शिवालय मन्दिरमा पूजा–आराधना गरि महाशिवरात्रि पर्व मनाइयो

सन्धिखर्क ।हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी अर्घाखाँची सहित देशभर मनाइएको छ ।
जसअन्तर्ग अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्रावेशीकम रहेको शिद्धेश्वर शिवालय मन्दिरमा विहानै देखि दर्शालु भक्तजनहरुको दर्शन गर्न घुईचो लागेको थियो । साथै शिवालय मन्दिरमा पुजाँपाठ, तथा भजन कृतन भएको हो ।सन्धिखर्क १ शान्ती बगैचामा रहेको १०८ पञ्चाङग मन्दिर,मालारानीको मालारानी मन्दिर नृसिंहस्थान मन्दिर,पाणिनी गाउँपालिकामा रहेको दुर्गेस्वर मन्दिर,भुमिकास्थान नगरपालिकामा वडा नम्बर १० सेङलेगमा रहेको शिवालय मन्दिर,लगायतका शिवालयमा पुजा पाठ तथा भजन कृतन गरि महाशिवरात्रि पर्व मनाइएको छ ।
यस्तै हाशिवरात्रिका अवसरमा आज ५ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्।
कमेन्ट गर्नुहोस !